ad ad

समाज


चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

नेपालखबर
पुस १०, २०७६ बिहिबार ५:२३,

चितवनमा बिहीबार बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका-१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको हाे।

पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो।

बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो। बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .