समाज


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

नेपालखबर
पुस १३, २०७९ बुधबार ६:३९, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो। 

हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८  डिग्री सेल्सियस थियो। 

अहिले बिहान ८:४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशााखाले सार्वजनिक गर्ने छ। 

मौसमविद् प्रधानांगका अनुसार आज प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने सम्भावना छ। 

यस्तो छ ३ दिनको मौसम अनुमान 
मौसम विश्लेषण : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

हाल मौसमको अवस्था : देशको प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

पुस १३ गते बुधबार
दिउँसो : प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को  हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस १४ गते बिहीबार
दिउँसो ː प्रदेश १ र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को  हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १  र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस १५ गते शुक्रबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा  हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ। 

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad