समाज


ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

नेपालखबर
पुस १२, २०७९ मंगलबार ६:३८, काठमाडौँ

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

आज साँझ करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।

झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नंको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .