ad ad

समाज


नगरपालिका संघको उपमहासचिवमा सुनिता डंगोल निर्वाचित

नगरपालिका संघको उपमहासचिवमा सुनिता डंगोल निर्वाचित

नेपालखबर
पुस ७, २०७९ बिहिबार ११:५१, काठमाडौँ

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल नेपाल नगरपालिका संघको उपमहासचिव पदमा निर्वाचित भएका छन्। 

पुस ४ देखि ६ गतेसम्म काठमाडौँमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनबाट संघको अध्यक्षमा निलकण्ठ नगरपालिका धादिङ्का प्रमुख भीम ढुङ्गाना, उपाध्यक्षमा चौतारा साँगाचोकगढी नगरका प्रमुख कृष्णप्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी निर्वाचित भएका हुन्।

५० सदस्यीय कार्यसमितिमा ७ जना प्रदेश संयोजक र १ जना महिला विभागका संयोजक पदेन सदस्य रहनेछन्। २५ बुँदे घोषणा गर्दै अधिवेशन सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .