काभ्रेपलान्चोकको बेथानचोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। यस्तै धुलिखेल अस्पतालमा ९ जना र शिल मेमोरियलमा २ जनाको मृत्यु भएको काभ्रेकी प्रमुख जिल्ला अधिकार हुमकला पाण्डेले नेपाल खबरलाई जानकारी दिइन्।
अस्पताल लगिएका २९ जनामध्ये अधिकांशको अवस्था गम्भीर रहेको काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए।
बनेपा ११ सल्लेबाट बिहान बस रिजर्भ गरेर भान्जाको छेवरमा च्याल्टी गएका मामलीहरु र आफन्त सवार बस बेथानचोकमा साँझ दुर्घटना भएको हो।
छेवर सकेर फर्किने क्रममा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेको शिर मेमोरियल बनेपा र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
108
Shares

प्रतिक्रिया