ad ad

समाज


तत्कालिन माओवादीको ‘जेलब्रेक’ बाट फरार कैदी पक्राउ

तत्कालिन माओवादीको ‘जेलब्रेक’ बाट फरार कैदी पक्राउ

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:३८,

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ।

एक्काइस वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। साउदले विसं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए।

अदालतको फैसलापछि दिलबहादुरलाई विसं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो। तत्कालीन नेकपा (माओवादी) ले विसं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .