ad ad

राजनीति


परम्परागत किरियाकर्मको विपक्षमा खतिवडा

परम्परागत किरियाकर्मको विपक्षमा खतिवडा

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:३९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा परम्पारगत शास्त्रीय विधिअनुसार गरिने किरियाकर्मको विपक्षमा उभिएका छन्।

उनका पिता मनोरथ खतिवडाको ९५ वर्षको उमेरमा गत मंसिर २७ गते निधन भएको थियो। पिताको निधनपछि परिवारका अन्य सदस्यहरु परम्परागत किरिया बसे पनि साइँला छोरा ६५ वर्षीय खतिवडाले भने भिन्न तरिकाले शोक मनाएका छन्। लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय खतिवडाले परम्परागत किरिया कर्म प्रति विश्वास नभएको र नयाँ संस्कृति निर्माणको लागि किरिया नबसेको प्रतिक्रिया दिएका छन्।

‘बुबाले पराम्पारगत शास्त्रीय विधिअनुसार गरिँदै आएअनुसार  किरिया बस्नु भएन’, खतिवडाका छोरा लोचन खतिवडाले भने, ‘उहाँ घरमै बसेर परिवारका अन्य सदस्यहरुका साथमा भिन्न तरिकाले शोक मनाइरहनु भएको छ।’

खतिवडा क्रिया नबसे पनि घरमै बसेर शोक व्यक्त गर्न आउनेहरुलाई स्वागत गर्ने तथा घरयासी काममा सघाइरहेका छन्।

खतिवडाका परिवारका अन्य सदस्यहरु पनि राजनीतिमै रहेका छन्। उनका जेठा छोराको यसअधि नै निधन भएको छ भने जेठी बुहारी दिलमाया खतिवडा जिल्ला समन्वय समितिको उपप्रमुख छिन्।काइँला छोरा नरेन्द्र खतिवडा नेकपा मोलुङ गाँउपालिका इन्चार्ज रहेका छन् भने कान्छा छोरा सुरेन्द्र खतिवडा शिक्षक तथा सामाजिक अगुवा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .