समाज


पत्रकार गजेन्द्र राईविरुद्ध ‘साइबर क्राइम’ मुद्दा लगाइएकोप्रति महासंघको आपत्ति

पत्रकार गजेन्द्र राईविरुद्ध ‘साइबर क्राइम’ मुद्दा लगाइएकोप्रति महासंघको आपत्ति

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १९:३६, काठमाडौँ

नेपाल पत्रकार महासंघले पत्रकार गजेन्द्र राईविरुद्ध समाचारको विषयमा साइबर क्राइमसम्बन्धी मुद्दा लगाइएको भन्दै आपत्ति जनाएको छ।

महासंघ उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानीपोष्ट अनलाइनका सञ्चालक राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको थियो।

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई २०७९ मंसिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको विपीचौकबाट पक्राउ गरेको थियो।

समाजको विकृति, विसंगतिसम्बन्धी रिर्पोटिङ्ग गर्दैआएका पत्रकार राईलाई समाचार लेखेको विषयमा साईबर क्राईम मुद्दा दर्ता भएको शाखाले जनाएको छ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘कुनै पनि विषयमा संप्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्नसकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्राविपरीतको काम हो।’

साथै महासंघले पत्रकार राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .