समाज


प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट, एकजना घाइते

प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट, एकजना घाइते

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १५:३०, काठमाडौँ

सत्तारुढ गठबन्धनको चुनावी सभा चलिरहेको भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट भएको छ।

पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा बुधबार भएको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

उक्त चुनावी सभालाई लक्षित गरी बम पड्काउने एकजना घाइते भएको प्रहरीले जनाएको छ। ती घाइतेको तिवारीभञ्ज्याङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 

त्यो चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सम्बोधन गर्दैछन्। 

विस्फोटपछि एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी शरतबहादुर थापाले बम विस्फोटपछि सुरक्षा कडा पारिएको बताएका छन्। 

उनले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad