समाज


विश्वकप प्रसारण विवाद : न्यायाधीश ढुंगाना र शर्माको इजलासले आज टुंगो लगाउँदै

विश्वकप प्रसारण विवाद : न्यायाधीश ढुंगाना र शर्माको इजलासले आज टुंगो लगाउँदै

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ११:१, काठमाडौँ

विश्वकप फुटबल प्रतियोगिता प्रसारणको विवादबारे आज सर्वोच्चले टुंगो दिने भएको छ। अन्तरिम आदेश छलफलका लागि न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आजलाई पेसी तोकिएको हो। सुरुमै पेसी तोकिएकाले सुनुवाइ केही बेरमै सुरु हुनेछ।

नेपालमा विश्वकप फुटबल टेलिभिजन प्रसारणको अधिकार लिएको मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो। अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन्।

अतिरिक्त शुल्क नलिई विश्वकप प्रसारण गर्न माग गर्दै उनीहरुले रिट दायर गरेका थिए। निवेदकको मागबमोजिम यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आज टुंगो लाग्नेछ। यसअघि मिडिया हबले अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन दिए पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .