ad ad

समाज


बहिर्गमित जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्छः पाठक

बहिर्गमित जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्छः पाठक

नेपालखबर
पुस ३, २०७६ बिहिबार ८:३६,

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बहिर्गमित जनमुक्ति सेनाहरुको उचित व्यवस्थापनका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

बहिर्गमित जनमुक्ति सेना नेपालले सार्वजनिक सरोकारका मुद्दा, बालसेनाको अधिकार र जीविकोपार्जन सुनिश्चिताका लागि गरेको अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले आत्मसम्मानका साथ समाजमा काम गर्न पाउनुपर्ने वातावरणका सिर्जना गर्न बहिर्गमित जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्ने बताए। राजनीतिक दलका नेताहरुले चाहेको खण्डमा कानुन निर्माण गर्न कुनै समस्या नहुने र त्यसका लागि इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ थियो।

सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य मञ्चला झाले विशेष कानुन निर्माणको अवस्था अहिले नभएको र मेलमिलाप आयोगसम्बन्धी ऐनमा नै संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। मेलमिलाप आयोगको ऐनमा पूर्व बाल लडाकु सेनाहरुको लागि विशेष प्रकारको राहत क्षतिपूर्ति र व्यवस्थापनका गर्नुपर्ने भन्ने कुरा उल्लेख गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .