समाज


ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्योः गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण नगरियोस्

ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्योः गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण नगरियोस्

नेपालखबर
पुस २, २०७६ बुधबार ६:४७,

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण नगर्न सरकारसँग माग गरेको छ।

ट्रान्सपरेन्सीले सम्झौता अवधिको ६ वर्ष समायवाधि बाँकी नै रहँदा २५ वर्षका लागि पुनः यति होल्डिङ्स प्रा.लि.लार्ई नवीकरण गर्न लागिएको समाचार आएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

‘हालै मात्र नेपाल सरकारले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गा पुरानो सम्झौता अवधि २०८२ साउन मसान्तसम्म झण्डै ६ वर्ष बाँकी नै रहेको अवस्थामा अत्यन्त अपारदर्शी ढंगबाट हतार हतारमा पुरानै यति होल्डिङ्स प्रा.लि.लाई थप २५ वर्षका लागि लिजमा दिइएको भन्ने विभिन्न सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित समाचारप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ’, बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै संस्थाले भनेको छ, ‘भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सरकारको दाबीलाई यस्तो निर्णयले निरर्थक तुल्याएको छ।’

संस्थाले सो सम्झौता सार्वजनिक खरिद ऐनको विपरीत भएको र प्रतिस्पर्धाविनै दिन लागिएको आरोप लगाएको छ। यो ट्रस्टको मूल मर्म विपरित भएको उसको दावी छ।

‘सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ्य प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मुल मर्म विपरित कुनै एउटा ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा संझौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गर्ने कार्य कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार देखिदैन’, विज्ञप्तिमा भनिएको छ’, ‘अर्को निर्वाचित सरकार आए पछि पनि कानुन सम्मत तरिकाले निर्णय गर्न सक्ने पर्याप्त समय वाँकी नै रहने अवस्थामा अपारदर्शी रुपमा हतार हतार तत्कालै यस्तो निर्णय गर्नुमा निर्णयमा संलग्न पदाधिकारीहरुलाई गलत तत्वले अनुचित प्रभावमा पारेको स्पस्ट देखिन्छ।’

 ट्रान्सपरेन्सी इन्टरनेसनलले राष्«िय सम्पत्तिमा लुट मच्चाउने खालको यस्तो निर्णय फिर्ता लिन र यसमा संलग्न पदाधिकारीहरुलाई कारुबाही गर्न प्रधानमन्त्रीसँग माग गसेत गरेको छ।

 'म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भनी आमरुपमा प्रतिवद्धता ब्यक्त गर्नुहुने प्रधानमन्त्रीज्यूले राष्ट्रिय सम्पतिमा लुट मच्चिने खालको यस्तो निर्णय फिर्ता लिई यसमा संलग्न पदाधिकारीहरुलाई कानुन बमोजिम कडा कारबाही गरी मुलुकमा सरकारप्रतिको विश्वास कायमै राख्न र सुशासनको प्रत्याभुति दिन जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad