समाज


सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार जवाफी बहस

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार जवाफी बहस

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १६:२५, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

जिल्ला अदालत काठमाडौंमा उनीविरुद्धको बलात्कार मुद्दामा बिहीबार थुनछेक बहस भएको थियो। 

लामिछानेका तर्फबाट आज पाँच जना वकिलले बहस गरेका छन्। उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरे।

सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेश गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन्। 

भोलि (शुक्रबार) पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलले बहस गर्नेछन्।

सोमबार अभियोग पत्र दर्ता भएपछि मंगलबार सन्दीपको बयान गराइएको थियो।

जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको हो।

बुधबारदेखि नै थुनछेक बहस सुरु भएको हो। लामिछानेका तर्फबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ। 

पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका चार जना वकिलले बहस गरेका छन्। यस्तै निजी चार कानुन व्यवसायीले पनि पीडित किशोरीको पक्षबाट बहस गरेका छन्।

पीडित पक्षका कानुन व्यवसायीले बलात्कार भएको दाबी गरेका छन्। सन्दीपका कानुन व्यवसायीले भने बलात्कार नभएको र किशोरीको उमेर पनि १९ वर्ष पुगेको जिकिर गरेका छन्। यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो। 

सन्दीप पक्षले भने किशोरीको उमेर १९ वर्ष रहेको प्रमाण पेश गरेको छ। सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको जन्मदर्ता, बसाईसराइको प्रमाण पत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेश गरेको छ। जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ। 

१८ वर्षभन्दा कम उमेर भए सहमतीमै भएको करणीलाई पनि बलात्कार मानिने भएकाले अदालतमा बहस उमेरमा केन्द्रित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad