समाज


चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार २२:१६, तनहुँ

तनहुँमा चितुवाको आक्रमणबाट आज साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ।

व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ। 

गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी र वनका कर्मचारी लगायतको टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

तनहुँमा चितुवाको आक्रमणबाट एक दर्जन बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .