सरकारले राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरेको छ।
झलकराम अधिकारीलाई हटाएर उनको स्थानमा मदन दाहाललाई महानिर्देशक बनाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभाग प्रमुख ४ महिनामै फेरिएका हुन्।
जेठ अन्तिममा अधिकारीलाई उक्त विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव दाहाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो।
दाहालले बुधबार कार्यभार सम्हाल्ने विभागका उपमहानिर्देशक प्रद्युम्न प्रसाद उपाध्ययले जानाकारी दिए।
147
Shares
प्रतिक्रिया