ad ad

समाज


‘विश्वव्यापी लैंगिक समानता लक्ष्य हासिल गर्न अझै सयवर्ष लाग्छ’

‘विश्वव्यापी लैंगिक समानता लक्ष्य हासिल गर्न अझै सयवर्ष लाग्छ’

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:५९,

सीएनएनका अनुसार द वल्र्ड इकोनोमिक फोरमको वार्षिक प्रतिवेदन ‘ग्लोबल जेन्डर ग्याप रिपोर्ट’मा विश्वव्यापी लैंगिक समानता लक्ष्य हासिल गर्न अझै सयवर्ष लाग्ने बताइएको छ।

प्रतिवेदनअनुसार यसवर्ष लैंगिक समानताको दृष्टिकोणमा आइसल्याण्ड सर्वाधिक उत्कृष्ट देश ठहर भएको छ। आइसल्याण्ड लगातार ११ वर्ष शीर्ष स्थानमा कायम रहन सफल भएको हो।

आइसल्याण्डपछि क्रमश नर्वे, फिनल्याण्ड र स्वीडेन दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

लैगिंक समानताको हिसाबमा सिरिया, पाकिस्तान, इराक र यमन विश्वमै सबैभन्दा कमजोर राष्ट्रहरु हुन्।

महिला र पुरुषलाई प्रदान गरिएका अधिकार, आर्थिक संलग्नता, शैक्षिक अवस्था, राजनीतिक शशक्तिकरणजस्ता विषयको अध्ययनबाट वल्र्ड इकोनोमिक फोरमले प्रतिवेदन बनाएको हो।

प्रतिवेदन तयार पार्दा हिंसा, विवाह, सम्पत्ति स्वामित्वजस्ता सामाजिक विषय पनि समेटिएका थिए।

१ सय ५३ देशमा गरिएको अध्ययनपछि प्रतिवेदन तयार पारिएको हो।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .