ad ad

समाज


जनकपुरमा एउटा बम निष्क्रिय पारेलगत्तै भेटियो अर्काे शंकास्पद वस्तु

जनकपुरमा एउटा बम निष्क्रिय पारेलगत्तै भेटियो अर्काे शंकास्पद वस्तु

शैलेन्द्र महताे
मंसिर ३०, २०७६ सोमबार ३:५०,

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै अर्काे शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व बाह्रबिघास्थित सरस्वती उच्च माविनजिक सडकमा शंकास्पद वस्तु देखिएको हो।

एउटा बम डिस्पोज गरेलगत्तै देखिएको उक्त वस्तु बम हो कि होइन भनेर अहिले सुरक्षाकर्मी अनुसन्धानमा जुटेका छन्।

विद्यालयनजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिेले त्यहाँ आवतजावतमा रोक लगाएको छ।

यसअघि संकमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे बम भेटिएको थियो। जसलाई केहीबेरअघि मात्रै सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।

 याे पनि : जनकपुरमा शंकास्पद वस्तु : बम भएको आशंकामा सेनाको डिस्पाेजल टोली घटनास्थलमा (अपडेट)

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालेर राखिएकाे थियाे। 

याे पनि : जनकपुरमा भेटिएको बम निष्क्रिय बनाइँदै

यसअघि धनुषाकै महेन्द्रनगरमा शुक्रबार राति बम विस्फाेट हुँदा प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान गएकाे थियाे। लगत्तै बम भेटिने क्रम जारी रहेपछि स्थानीय त्रसित भएका छन्। 

याे पनि : धनुषा विस्फोटः चन्दा नदिएपछि विप्लव समूहले घरमा बम राखेको प्रहरीको भनाइ

याे पनि : धनुषा बम विष्फोट प्रकरणमा तीन पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .