चर्चित सीजी ब्राण्डले वासिङ मेसिन खरिदमा एउटा विद्युतीय हिटर सित्तैमा दिने अफर ल्याएको छ।
कम्पनीले जाडोलाई लक्षित गरी सीजीको हरेक फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा आकर्षक इलेक्ट्रिक हिटर उपहारस्वरुप फ्रिमा उपलब्ध गराएको हो।
कम्पनीका अनुसार छिटो छरितो धुलाइको साथ साथै अत्याधुनिक प्रविधिसहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ्ग मेसिन खरिदमा यो अफर ल्याएको हो। वासिङ मेसिनमा दश वर्षसम्मको वारेन्टी रहेको कम्पनीको भनाइ छ।
सीजी वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको जनाएको छ।
प्रतिक्रिया