ad ad

समाज

भद्रपुर-ताप्लेजुङ सिधा उडान शुरु

भद्रपुर-ताप्लेजुङ सिधा उडान शुरु

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ३:४२,

निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ। आज (सोमबार) देखि सीता एयरलाइन्सले भद्रपुर– ताप्लेजुङ सीधा उडान सुरु गरेको हो।

केही दिन पछि नै भद्रपुर–लुक्कासमेत उडान भर्ने सीता एयरलाइन्सले जनाएको छ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिए।

ताप्लेजुङ र लुक्ला उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने उनले बताए।

१८ सिट रहेको सीता एयरको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ।

हरेक दिन बिहान ७ बजेबाट भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ।

यात्रुको रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .