ad ad

समाज


ओजिलले चीनविरुद्ध टिप्पणी गरेपछि सीसीटिभीले आर्सनलको खेल बहिष्कार गर्‍यो

ओजिलले चीनविरुद्ध टिप्पणी गरेपछि सीसीटिभीले आर्सनलको खेल बहिष्कार गर्‍यो

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ११:३०,

सीसीटिभीले इंग्लीस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीच हुन लागेको खेल प्रसारण नगर्ने भएको हो।

आर्सनल फुटबल क्लबका स्टार फुटबलर मेसुट ओजिलले चीनका उइगर मुस्लिमको पक्षमा टिप्पणी गरेपछि यतिबेला उनी विवादमा परेका हुन्।

एक अन्तर्रा्ष्ट्रिय प्रतिवेदनले चीनले उइगर मुसलमानहरुमाथि दमन गरेको प्रतिवेदन सार्वजनिक गरेपछि मुसलमान समुदायका ओजिलले उइगर मुसलमानलाई ‘दमनविरुद्धका लडाकुहरु’ भएको टिप्पणी गरेका थिए।

ओजिलले यस उत्पीडनका बारेमा चीनको तथा त्यस विषयमा मौन बसेका मुस्लिमहरूको आलोचना गरेका थिए।

यसबीचमा आर्सनल क्लबले आफ्ना खेलाडी मेसुट ओजिलले चीनमा उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारबारे गरेको टिप्पणीसँग आफ्नो सम्बन्ध नभएको स्पष्टीकरण दिएको थियो।

आर्सनलले भनेको थियो,‘आर्सनल सधैँ गैरराजनीतिक सङ्गठन हो र यो सँधै गैरराजनीतिक संगठन रहनेछ।’ बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .