ad ad

समाज


बारा बस दुर्घटना : १४ जनाको मृत्यु, १८ जना गम्भीर घाइते

बारा बस दुर्घटना : १४ जनाको मृत्यु, १८ जना गम्भीर घाइते

दुर्घटनास्थल। तस्बिरः शिव थापामगर


नेपालखबर
असोज २०, २०७९ बिहिबार १३:२८, काठमाडौँ

बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १४ जनको ज्यान गएको छ। 

जिल्ला प्रहरीका अनुसार दुर्घटनापछि हटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पताल पुर्याइएका १४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ८ पुरुष र ६ महिला रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइरहेको छ। 

बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दसैँको दोस्रो दिन भएको दुर्घटनामा अधिकांश टीक ग्रहण गर्न हिंडेका यात्रु परेका छन्। 

गम्भीर घाइते अवस्थामा रहेका १८ जनाको उपचार भइरहेको छ। 

५१ जना बोकेर चितवनको नारायणगढबाट बाराको पथलैयातर्फ गइरहेको ०६–००१ ख ०११० नम्बरको बस ओरालो सडकमा दुर्घटनामा परेको हो। दुर्घटनास्थल जितपुरसिमरा उपमहानगरमा पर्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .