ad ad

समाज


गढीमाइमा वली चढाइएका प्राणीप्रति माइतीघर मण्डलामा श्रद्धाञ्जली!

गढीमाइमा वली चढाइएका प्राणीप्रति माइतीघर मण्डलामा श्रद्धाञ्जली!

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १४:४४,

बाराको गढीमाईमा हजारौं निर्दोष पशुको बली चढाइएको भन्दै विरोधस्वरुप राजधानीमा दिप प्रज्वलन गरिएको छ।

अकालमा ज्यान गमाएका अबोध प्राणीहरुको आत्माले चिरशान्ति पाओस् भनि श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसा प्रेमी संघ संस्थाहरुको सहभागितामा काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली दिप प्रज्वलन गरिएको हो।

समाजले मण्डलाका साथै अन्य जिल्लाहरुमा एकै समयमा श्रद्धाञ्जली सभाको आयोजना गरेको जनाएको छ। कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीले हिन्दु धर्मको मुख्य मर्म ‘अहिसा परमो धर्म’ भन्ने भावनामा पशुवलीले कुठाराघात गरेको छ भन्दै आगामी दिनमा अझ ससक्त रुपमा विरोधका कार्यक्रम गरिने बताए।

सर्वोच्च अदालतबाट गत २०७३ साउन २० मा ‘पशुवली दिने, दिलाउने, कार्यमा प्रत्यक्ष वा परोक्षरुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहन गर्नु, गराउनु’ भनी परमादेश जारी गरेको सन्दर्भमा पशुवली गरिनु निन्दनीय भएको वक्ताहरुले उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .