समाज


दुवै प्रहरीका आईजीले दूतावास पुगेर दिए महारानी एलिजाबेथलाई श्रद्धाञ्जली

दुवै प्रहरीका आईजीले दूतावास पुगेर दिए महारानी एलिजाबेथलाई श्रद्धाञ्जली

शोक पुस्तिकामा हस्ताक्षर गर्दै सशस्त्रका आईजीपी राजु अर्याल


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १४:१७, काठमाडौँ

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीद्वयले बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई काठमाडौंस्थित दूतावास पुगेर श्रद्धाञ्जली दिएका छन्।

नेपाल प्रहरीका आईजी धीरज प्रताप सिंह र सशस्त्रका आईजी राजु अर्यालले लैनचौरस्थित ब्रिटिश दूतावास पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्। 

९६ वर्षको उमेरमा निधन भएकी एलिजाबेथको शोकमा नेपालले पनि तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय लिएको छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्। 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यहाँ पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए। 

उनीहरुले महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको जनाउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। 

शोकपुस्तिकामा हस्ताक्षर गर्दै आईजीपी धीरज प्रताप सिंह

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad