ad ad

समाज


सन्दीप लामिछानेलाई कालोसूचीमा राखिएकोमा रिमा विश्वकर्माको चित्त दुखाइ

सन्दीप लामिछानेलाई कालोसूचीमा राखिएकोमा रिमा विश्वकर्माको चित्त दुखाइ

फाइल फाेटाे : रिमा विश्वकर्मा


नेपालखबर
भदौ २७, २०७९ सोमबार १३:५०, काठमाडौँ

बलात्कार अभियोग लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

एकजना नाबालिगले आफूलाई सन्दीपले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि विदेशमा रहेका उनलाई आउनासाथ विमानस्थलबाटै प्रहरीले पक्राउ गर्न पाउनेगरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो। 

उक्त प्रकरणमा पक्ष र विपक्षमा यतिबेला खासगरी सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। 

यस क्रममा अभिनेत्री, मोडल तथा पूर्वसञ्चारकर्मी रिमा विश्वकर्माले पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेकोमा असन्तुष्टि जनाएकी छन्। 

उनले सोमबार फेसबुकमा लेखेकी छन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला। दोषी भएमा उनले देशको कानुनबमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उनमुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेका विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई  कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’

यसको स्क्रिनसट लिँदै सञ्चारकर्मी एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माले रिमाको भनाइमा प्रतिवाद गरेका छन्। 

महावीरले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ कस्तो कुतर्क गरेको हो यो? कालो सूचीमा राख्नुको अर्थ ‘प्रहरीले पक्राउ गर्नुपर्ने मान्छे’ भनेको पो हो। सन्दीप लामिछाने त्यही हैनन् र अहिले? अनि उनको नाम कालोसूचीमा राख्दा किन चित्त दुखेको होला हँ?’

उनले अगाडि लेखेका छन्, ‘सन्दीप लामिछानेमाथि अहिले बलात्कार आरोपमा ‘किटानी जाहेरी’ परेको छ। उनी अन्तर्राष्ट्रिय क्रिकेटर हुन् कि असाध्यै धनाढ्य युवा हुन् कि उनको कति विगाह जग्गा छ, उनको पुर्ख्यौली विरासत के हो, उनले कुन गाडी चढ्छन्, कति रुपैयाँको कफी खान्छन्, उनको पक्षमा को को सेलिब्रेटी छन्...यस्ता केही कुरा कानुनलाई मतलब हुँदैन।’ 

महावीर विश्वकर्माको स्टाटस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .