ad ad

समाज


जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त

जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ३:४६,

अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन्।

जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन्।

सर्वोदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका सङ्घ संस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन्।

गैरसरकारी संस्था सर्वोदय नेपाल जुम्लाका अनुसार २१ गाउँबस्तीका एक हजार ७४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन्। जिल्लाका आठ हजार ७८९ ले छुइ नमान्ने गरेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले जानकारी दिए।

छुइगोठमुक्त घोषणा अभियानलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयं महिला नै एकजुट भएकाले विस्तारै जुम्लामा छुइप्रथा न्यूनीकरण हुँदै जाने बताए।

लैङ्गिक समानता, महिलाको कार्यबोझ न्यूनीकरण र महिलामा भएको विभेद छाउपडी प्रथा न्यूनीकरण विषयमा सर्वोदय नेपाल जुम्लाले काम गर्दे आएको छ।

घरदैलो, सामूहिक प्रतिबद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुइगोठ घोषणा कार्यक्रम गरिएको कार्यकारी निर्देशक खत्रीको भनाई छ।

पाँच वर्षदेखि इटालियन फाउन्डेशन र सर्वोदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .