ad ad

समाज


पल शाहविरुद्ध मुद्दाको पेसी आज

पल शाहविरुद्ध मुद्दाको पेसी आज

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ७:२३, काठमाडौँ

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध मुद्दामा नवलपुर जिल्ला अदालतले आज (भदौ २१ गते) सुनुवाइ गर्ने भएको छ। अदालतले आजका लागि पेसी तोकेको हो। 

उनीविरुद्ध सोही मुद्दा तनहुँ जिल्ला अदालतमा पनि परेको छ। यसअघि दुवै अदालतले पेसी तोकेर पनि मुद्दाको सुनुवाइ गरेनन्। 

यस क्रममा नवलपुर जिल्ला अदालतले आजका लागि पुनः पेसी तोकेको हो। 

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा नायक शाहविरुद्ध गत फागुन २१ गते पीडितका बाबुले तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए।

त्यसपछि पाँच दिनसम्म लुकेर बसेका शाहले फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका थिए। 

यो प्रकरणमा पीडित नाबालिग गायिका र उनका बाबु ‘होस्टाइल’ भए पनि तनहुँ अदालतले शाहलाई गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाएको हो। 

जिल्लाको उक्त आदेशविरुद्ध नायक शाह उच्च अदालत (पोखरा) पुगेका थिए।  त्यहाँ उनले आफू निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए। 

जिल्ला अदालत तनहुँले चैत १० गते र त्यसपछि नवलपुर अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। 

आफूलाई दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। उनको निवेदन सम्बन्धमा गत जेठ १९ गते सुनुवाइ भएको थियो।

तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि पल थुनामै रहेका हुन्। उच्च अदालतले पललाई थुनामुक्त गर्न आदेश नदिए पनि निरन्तर सुनुवाइमा राखी यथाशीघ्र फैसला गर्न भनेको थियो। 

पललाई बलात्कारको आरोप लगाउँदै जाहेरी दिने किशोरी र उनका बुबाले बयान फेरिसकेका छन्। उनीहरु दुवैले जाहेरीमा भनेजस्तो पलले बलात्कार नगरेको बताएका छन्।

पीडित होस्टाइल भएको प्रमाण उच्च अदालतमा पनि पेस गरिएको थियो। उच्चले त्यसलाई समेत उल्लेख गर्दै छिटो फैसला गर्न जिल्लालाई भनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .