ad ad

समाज


रवि लामिछानेको ‘राजनीतिक स्टन्ट’ले धरापमा इन्सपेक्टरको जागिर

रवि लामिछानेको ‘राजनीतिक स्टन्ट’ले धरापमा इन्सपेक्टरको जागिर

नेपालखबर
भदौ २०, २०७९ सोमबार २३:३०, काठमाडौँ

एकजना नेताका कारण हिरासत पुगेका व्यक्ति भेट्न गएका अर्का नेताले गर्दा कारण प्रहरीलाई संकट परेको छ।

नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठका कारण पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेर रवि लामिछानेले गैरकानुनी काम गर्दा प्रहरीलाई संकट आइलागेको हो।

दरबारमार्ग बृत्तमा गएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले सुरक्षा गार्ड शेरजंग गुरूङलाई भेटेका थिए।

उनले हिरासतमा रहेका गुरुङलाई भेटेर तस्बिर सार्वजनिक गरिदिएपछि दरबारमार्ग बृत्तका इन्सपेक्टर विकास तामाङ अप्ठेरोमा परेका हुन्।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बृत्तका निरीक्षक तामाङलाई दरबारमार्गबाट तानेर छानविन थालेको छ।

सोमबार लामिछानेले गुरुङले भेटेका थिए। उनले तस्बिर सार्वजनिक गरेको केही समयमै उपत्यका प्रहरी प्रमुख एआईजी रवीन्द्र धानुकले इन्सपेक्टर तामाङलाई तानेर कारबाही अगाडि बढाएका हुन्।

हिरासतमा रहेका व्यक्तिको तस्विर सार्वजनिक भएको घटना अनुसन्धानका लागि काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानविन समिति नै बनाइएको छ।

हिरासतमा रहेका व्यक्तिको फोटो,भिडियो खिच्न पाइँदैन। हिरासतका व्यक्तिका परिवार र कानुनी सल्लाहकारबाहेकले भेट्न समेत पाउँदैनन्।

तर ती सुरक्षागार्डसँग कुनै सम्बन्ध नरहेका लामिछानेले भेटेर तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि त्यसको सजाय भने प्रहरी निरीक्षकमाथि हुन लागेको हो।

पक्राउ परेका सुरक्षागार्ड गुरुङलाई सोमबार साँझ साधारण तारेखमा रिहा गरिएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो।

यसअघि आइतबार मात्रै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ५ दिन थुनामा राख्न प्रहरीले म्याद लिएको थियो।

गत शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा मिसबिहेब गरेको भन्दै श्रेष्ठले गृहमन्त्रीलाई भनेर तत्काल कारबाही गर्न आग्रह गरेका थिए।

मन्त्रीको आग्रहपछि उनलाई पक्राउ गरेर प्रहरीले दरबारमार्ग बृत्तको हिरासतमा राखेको थियो। तर घटनाको चौतर्फी आलोचना भएपछि उनलाई प्रहरीले साधारण तारेखमा छाडेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .