ad ad

समाज


थप २ सय ५७ जनामा कोरोना पुष्टि

थप २ सय ५७ जनामा कोरोना पुष्टि

नेपालखबर
भदौ १५, २०७९ बुधबार ६:१४, काठमाडौँ

मंगलबार देशभर २ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ नमुना परीक्षण गरिएकामा सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो। 

मंगलबार दुई सय ३२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन्। 

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु छन्। होम आइसोलेसनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेसनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ। मंगलबार २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .