ad ad

समाज


दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ४:३०,

मकववानपुरको हेटौँडा र मकवानपुरगढीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुलीका ३४ वर्षीय दीपक पाख्रिनको मुत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ।

त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको सनाखत हुनसकेको छैन।

दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा छन्।

घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .