ad ad

समाज


कन्टेनरभित्र चालक मृत फेला

कन्टेनरभित्र चालक मृत फेला

नेपालखबर
साउन २४, २०७९ मंगलबार २१:३९, काठमाडौँ

कन्टेनर चालक मोरङमा मृत फेला परेका छन्। मकवानपुरको मनहरी गाउँपालिका ८ का ४० वर्षीय राजु घलान मृत फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। 

मंगलबार बिहान सुन्दरहरैचा नगरपालिका ८ सलकपुरस्थित सिटिजन बैङक नजिकै रोकि राखेको कन्टेनरभित्र एकजना मृत रहेको सूचना प्रहरीलाई पुगेको थियो। 

पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ फर्किएको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको चालक बस्ने सिटमा एक जना मृत फेला परेका थिए। तत्काल उनको पहिचान समेत भएको थिएन। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ। 

उनको कन्टेनरभित्र निस्सासिएर ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डीएसपी श्रेष्ठले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .