ad ad

समाज


नागरिकतामा अपमानजनक नाम सच्याउन गृह मन्त्रालयको निर्देशन

नागरिकतामा अपमानजनक नाम सच्याउन गृह मन्त्रालयको निर्देशन

नेपालखबर
साउन २३, २०७९ सोमबार २१:२९, काठमाडौँ

गृह मन्त्रालयले व्यक्तिको नागरिकताको प्रमाण पत्रमा उल्लेखित अपमानजनक नाम सच्याउन प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। 

विभिन्न जिल्लाहरूबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सम्बन्धित व्यक्तिले सच्याउन चाहेमा नाम सच्याइदिन भनेको छ। 

‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने’ मन्त्रालयले सोमबार निर्देशन दिँदै भनेको छ, ‘ त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।’

हालै विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक नाम राखेको खुलेपछि गृहले सच्याउन निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .