ad ad

समाज


मन्त्रिपरिषद्ले सुन्यो अर्थसचिव मधु मरासिनीको माग, प्रधानमन्त्रीको कार्यालयमा सरुवा

मन्त्रिपरिषद्ले सुन्यो अर्थसचिव मधु मरासिनीको माग, प्रधानमन्त्रीको कार्यालयमा सरुवा

नेपालखबर
साउन १९, २०७९ बिहिबार १७:४३, काठमाडौँ

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा उब्जिएको विवादका कारण अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न नचाहेका सचिव मधु मरासिनीकै मागअनुसार सरुवा भएको छ।

असार २२ मा राजीनामा दिएका जनार्दन शर्मा २५ दिनपछि अर्थ मन्त्रालयमै फर्किनुअघि नै मन्त्रालयबाहिर रहेका उनले सरुवा मागेका थिए।

अर्थमा कम ब्याक गरेका शर्मासँग काम गर्न नचाहेका शर्माले सरुवा चाहेका थिए। उनको मागअनुसार नै बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो। 

उनको सरुवा भएसँगै तत्काललाई अर्थ सचिवको जिम्मेवारी पनि राजस्व सचिव कृष्णहरि पुष्करले सम्हाल्नेछन्। 

'अर्थसचिवबाट म प्रधानमन्त्री कार्यालय आउँछु भन्ने मधु मरासिनीको माग बिहीबारको मन्त्रिपरिषद्ले सुनेको छ', एक मन्त्रीले नेपालखबरसँग भने।

त्यसैगरी बिहीबारको मन्त्रिपरिषद्ले अन्य सचिवको पनि सरुवा गरेको छ। हरि मैनालीलाई युवा तथा खेलकुदमा लगिएको छ। राष्ट्रपति कार्यालयका सचिव उद्योगमा सरुवा भएका छन्। 

त्यसैगरी डिल्ली शर्मा उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्। अर्थसहितका सरुवा भएका अन्य सचिवहरूको निर्णय भोलिसम्म हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .