समाज


विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १६:३५, काठमाडौँ

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ।

विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तोकिएको छ। कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तोकिएका छन्।

कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुको उद्धार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात सरल एवं प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ। 

अहिले पनि विभिन्न गन्तव्य मुलुकका अस्पतालमा सयौँ नेपाली गम्भीर अवस्थामा उपचाररत छन्। साउदी अरेबियामा मात्रै २५ नेपाली कोमामा छन्।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad