ad ad

समाज


चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

नेपालखबर
साउन ५, २०७९ बिहिबार २०:३०, चितवन

पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र माइक्रो गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन्।

काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो।

दुवै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन्।

घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए।  घटना आज साँझ ५ः२० वजे भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .