अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (असई) लाई सात हजार घुस रकमसहित पक्राउ गरेको छ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले जिप्रका मोरङमा कार्यरत असई श्यामकुमार दाहाललाई सात हजार घुससहित पक्राउ गरेको हो।
असई दाहालले सामान ओसापोसर गर्ने भ्यानलाई खाद्य सामग्री ओसापोसारमा सहज बनाद्यदिने भन्दै घुस रकम माग गर्ने र दुःख दिने गरेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका दाहाललाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया