ad ad

समाज


रामेछाप बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १३ पुग्यो, हामफालेर बाँचे चालक

रामेछाप बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १३ पुग्यो, हामफालेर बाँचे चालक

रामेछापमा बस दुर्घटनापछि जम्मा भएको भीड


नेपालखबर
असार २१, २०७९ मंगलबार १८:१२, काठमाडौँ

रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

उक्त दुर्घटनामा घाइतेमध्ये थप चारले पनि ज्यान गुमाएपछि मृतकको संख्या १३ पुगेको हो। 

उक्त दुर्घटनापछि नौजनाको घटनास्थल र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो दुर्घटनामा अन्य २२ जना घाइते छन्। 

सामान्य घाइते गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहचालक उपचारपछि घर फर्किएका छन्। अन्य २० जनाको उपचार जारी छ। 

जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना थिए। 

उनीहरुमध्ये चालक गाडी घुम्तीबाट खस्नै लाग्दा हामफालेका कारण घाइते हुनबाट जोगिएका छन्। 

उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

मंगलबार बिहान ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुबाहक बस बिहान १० बजे सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो। 

स्थानीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इन्जिन खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका छन्। 

नौजनाको सनाखत
मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको रामेछापका प्रजिअ पहाडीले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा जिल्लाको सुनापाती गाउँपालिका-५ का ६० वर्षीया ठूला तामाङ, त्यही ठाउँका ३६ वर्षीया सञ्जु आले, ३६ वर्षका खडकबहादुर विक, २६ वर्षका समरिता तामाङ र २२ वर्षीया विपना तामाङ, काभ्रेका ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सोही जिल्लाका २७ वर्षीय कमल तामाङ, काभ्रे पाँचखालका ४० वर्षीय कुलबहादुर विक र सोही ठाउँका १८ वर्षीय सुदीप गजमेर छन्। 

 

घाइतेहरु
दुर्घटनामा रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ बस्ने वर्ष ४५ का लालसिङ तामाङको टाउकोमा गम्भीर चोट लागि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै वर्ष ५८ का मानबहादुर तामाङको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ भने सोही ठाउँ बस्ने वर्ष ३४ का आशिष तामाङको मुख र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यही ठाउँ बस्ने वर्ष ४५ का जुना मगर, वर्ष ४५ का रामबहादुर श्रेष्ठ, वर्ष ३५ की शोभा श्रेष्ठ, वर्ष ५८ का गोमा खड्का, वर्ष २४ का बुद्ध तामाङ, वर्ष ६२ की अमिका खड्का, वर्ष ४५ की कान्छीमाया तामाङ, वर्ष २४ का गङ्गा घले, वर्ष ५६ का बुद्धिलाल श्रेष्ठ, वर्ष ७ का बुद्ध विक, वर्ष ५५ का चन्द्र श्रेष्ठ, वर्ष ८० का ठूलोसिंह तामाङ, वर्ष १६ की सरस्वती खाती, वर्ष ४० की डम्बरकुमारी खाती, वर्ष ४९ की कान्छीमाया तामाङ र वर्ष २३ की सविना घिसिङ पनि घाइते भएका छन्। 

यस्तै सर्लाही जिल्ला लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरीको भने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

बनेपास्थित शिर मेमिरियल अस्पतालमा उपचारपछि सुनापती–५ बस्ने वर्ष १९ का सहचालक विष्णुराम खड्काको भने दाहिने हात र खुट्टामा चोट लागेकोमा उपचारपश्चात् घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .