सवारीसाधनमा महंगो तथा कम गुणस्तरीय इम्बोस्ड नम्बर प्लेट अंग्रेजी अक्षरमा राख्न लगाएको विरोधमा उत्रिएका १० जना पक्राउ परेका छन्।
वरिष्ठ पत्रकार एवम् एकीकृत शक्ति नेपालका देवप्रकाश त्रिपाठीको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।
भद्रकालीमा विरोध प्रदर्शनका त्रिपाठी र एकीकृत शक्ति नेपालका सुभाष पाण्डेसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी दिनेशराज मैनालीले बताए।
168
Shares

प्रतिक्रिया