NepalKhabar NepalKhabar

समाज


इच्छाराज छुटाउन वकिल–न्यायाधीश २ करोड बार्गेनिङ : न्यायपरिषद्‍ले थाल्यो छलफल

इच्छाराज छुटाउन वकिल–न्यायाधीश २ करोड बार्गेनिङ : न्यायपरिषद्‍ले थाल्यो छलफल

नेपालखबर
असार ८ , काठमाडौँ

साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको विषयमा न्यायपरिषदमा छलफल हुने भएको छ। 

अधिवक्ता रुद्र पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषदको बैठक बोलाएका छन्। अहिले बस्न लागेको बैठकमा त्यसबारे पनि छलफल हुने कार्यसूची रहेको एक सदस्यले जानकारी दिए। 

उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका छन्।

अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका छन्। 

न्याय परिषदले बैठकबाट यस बारे थप छानविनको निर्णय लिने संभावना छ। अडिओमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोड धरौटीमा छाड्ने आदेश गरे २ करोड रुपैयाँ घुस आउने बताएका छन्।

उक्त आदेश उच्च अदालतबाट नउल्ट्याउने सेटिङ पनि मिलाउने उनको कुरा छ। अडिओमा न्यायाधीश कोइरालाले यो विषय सार्वजनिक भए आफ्नो जागिर जान सक्ने आशंका गरेका छन्। तर चोलेन्द्रबाटै संकेत आए छाड्न सकिने आसय उनको सुनिन्छ। 

सिभिल सहकारीका पूर्वअध्यक्ष तथा पूर्व सांसद तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त ठगी प्रकरणमा १२ जना पक्राउ परेका थिए। ४२ जनालाई प्रतिवादी बनाइएको थियो। 

जसअनुसार इच्छाराज र केशव थुनामा जाँदा अन्यलाई धरौटी मागिएको छ। यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको थियो। अन्यलाई पनि धरौटी माग गरेर छाडिएको छ। 

मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो।

उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो। 

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ।

असार ८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.