काठमाडौंको साँखुस्थित नापी कार्यालयका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने, मालपोत कार्यालयका नायव सुब्बा महेश काफ्ले र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
जग्गा हालसाविक गर्ने प्रयोजनको लागि उनीहरुले सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगको टोलीले घुससहित फेला पारेका तीनै जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
3
Shares

प्रतिक्रिया