ad ad

समाज


काठमाडौं महानगरले नेवार समुदायको पेय पदार्थलाई ब्रान्डिङ गर्ने

काठमाडौं महानगरले नेवार समुदायको पेय पदार्थलाई ब्रान्डिङ गर्ने

काठमाडौंको नीति तथा कार्यक्रम वाचन गर्दै मेयर बालेन शाह। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार ५, २०७९ आइतबार १७:४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले यहाँका स्थानीय नेवार समुदायले उत्पादन गर्ने स्थानीय पेय पदार्थ (मदिरा) लाई ब्रान्डिङ गर्ने भएको छ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वाचनका क्रममा मेयर बालेन शाहले यस्तो बताएका हुन्। 

'नेवार समुदायको स्थानीय पेय पदार्थलाई कानुनी रुपमा वैधानिकता दिएर अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिनेछ', उनले भने। 

नेपालमा पछिल्लो सयममा स्थानीय पेय पदार्थलाई वैधानिक मान्यता दिनुर्ने कुरा उठिरहेको छ।

कोदोबाट उत्पादित लोकल रक्सीलाई ब्रान्डिङ गर्ने अभियानलाई सांसद शेरबहादुर तामाङसहितले तीव्र बनाइरहेका छन्। 

काठमाडौंका नेवारी समुदायमा अयला पेय पदार्थ प्रख्यात छ। 

यो चामल, गेडा गुडी तथा कोदोलाई फरमेन्टेसन गरी डिस्टिलेसन गरी बनाइन्छ। 

अयला नेवार समुदायको पर्वहरूमा विशेष महत्त्व राख्दछ। यो पेय पदार्थ सामान्यत: घरमा र पारम्परिक तरिकाबाट बनाइने गरिन्छ।

यसको हालसम्म व्यावसायिक रुपमा उत्पादन गरिएको छैन्। तर नेवारी रेष्टुरेन्टहरूमा बिक्री हुने गर्दछ।

यसमा ६० प्रतिशत रक्सी हुन्छ। जसलाई स्थानीय नेवारी खाजा घरहरूबाट किन्न सकिन्छ। यसअघि अमेरिकी टेलिभिजन सिएनएनले यसलाई संसारको सबैभन्दा मिठो पेय पदार्थको सूचीमा राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .