काठमाडौं महानगरले हाँडीगाउँमा होमस्टे बनाउने भएको छ।
महानगर मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा निजी क्षेत्र र स्थानीय व्यवसायीसँग मिलेर होमस्टे बनाउने उल्लेख गरेका हुन्।
महानगरको ११ औं नगर सभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाहले प्रचलित सभ्यताको धरोहरका रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाउने बताएका हुन्।
होमस्टेमा जनशक्ति व्यवस्थापन गर्दै तालिमको व्यवस्था गरिने उनको भनाइ छ।
84
Shares
प्रतिक्रिया