समाज


बिमलाको खल्तीमा बरामद चिट उनले नै लेखेको प्रमाणित

बिमलाको खल्तीमा बरामद चिट उनले नै लेखेको प्रमाणित

नेपालखबर
असार ८, २०७६ आइतबार १४:५७,

सामाजिक अभियन्ता उत्तम सञ्जेलले संचालन गरेको समता अस्पतालमा मृत भेटिएकी बिमला तामाङको खल्तीबाट बरामद चिट उनले नै लेखेको प्रमाणित भएको छ।

अनुसन्धान अधिकारीहरुले उनले छोराको भर्ना गर्दा स्थानीय एक बिद्यालयमा भरेको फर्म र भेटिएको चिटका अक्षर मेल खाएको हो। बिमलाको खल्तीमा बरामद चिटमा अस्पतालमा व्यवस्थापकको भूमिकामा रहेकी उत्तम सञ्जेलकी पत्नी कला सहित प्रिथकुमारी श्रेष्ठ र संगिता केसीको नाम उल्लेख थियो। प्रहरीले यी तीनैजना बिरुद्ध कर्तब्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरी वृत्त गौशालाले बिमलाको पोष्टमार्टम रिर्पोट आएको जनाउँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। वृत्तले घटनाका दिन घटनास्थल आसपासमा सक्रिय रहेका मोबाइल र जाहेरीमा उल्लेख भएका ब्यक्तिहरुको कल डिटेल केलाइरहेको हो। ‘हामी घटनाको बिस्तृत अनुसन्धानमा जुटेका छौं,’ वृत्त प्रमुख डिएसपी प्रदिपकुमार सिंहले भने ‘आन्दोलनले अनुसन्धानको काम प्रभावित भइरहेको छ।’

बिमलाका आफन्तले आइतबार वृत्त क्षेत्रमा उत्तमलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै दिनभर प्रर्दशन गरेका थिए। प्रहरीले सडक ठप्प पारेका प्रर्दशनकारी हटाउन बल समेत प्रयोग गर्नु परेको थियो।

‘काभ्रे र रामेछापका माननीयज्यूहरुको रोहबरमा सहमती भइसकेको छ,’ काठमाडौं परिसरका डिएसपी होविन्द्र बोगटीले भने ‘प्रर्दशन भन्दा प्रहरीलाई अनुसन्धानमा सघाए छिटो निश्कर्षमा पुगिन्छ।

samata 14घटना छानबिन गर्न माग गर्दै भएकाे प्रदर्शन

परिसर स्रोतका अनुसार बिमलाको पोष्टमार्टम रिर्पोटमा उनको मृत्यु झुण्डिएर भएको उल्लेख छ। प्रहरी अधिकारी उनले झुण्डिएर आत्महत्या गर्नुको कारण खोजी रहेका हुन्। प्रहरीले बिहीबार बिमलाका श्रीमान बुद्धिराज योञ्जनले हत्या भएको किटानी जाहेरी पछि बिमलाको शंकास्पद मृत्युमा मुछिएका अस्पतालका कर्मचार श्रेष्ठ र केसीलाई हिरासतमा लिएको हो।

प्रहरीले मंगलबार कला सहित समता स्कूल एवं अस्पतालका संस्थापक उत्तम सञ्जेललाई समेत गौशाला प्रहरीको रोहबरमा राखेको थियो। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न स्थानीयले माग गरेपछि प्रहरीले उनलाइ नियन्त्रणमा लिएको थियो।

बिमलाले आत्महत्या गरेको नभइ हत्या भएको स्थानीयको दाबी छ। घटनाको प्रकृति नियालेका स्थानीयले हत्या प्रकरणमा सञ्जेलमाथि कारवाही माग गरिरहेका छन्। अनुसन्धान अधिकारीका अनुसार बिमलाका सम्बन्धमा अस्पतालका कर्मचारीले श्रीमानलाई गरेको फोन, घटना स्थल र प्रकृती मुचुल्का समेतले उनको मृत्यु स्वभाविक देखिदैन।

uttem sanjelसमताका सञ्चालक उत्तम सञ्जेल

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत बिमलाको शव मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेको थियो। उनी अस्पतालमा दुई महिना अघिमात्र सफाइ कर्मचारी नियुक्त भएकी थिईन। अस्पतालको प्रशासनिक काम कारबाही पक्राउ परेका तीनजनाले हेर्थे।

उनको शब आपतकालिन वार्डको बाहिर भेटिएको हो। आपतकालिन कक्षमा बाहिर साँचो लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad