ad ad

समाज


स्थानीय भन्छन् : घरमै ठोकिन्छ जस्तो गरेर जहाजले चक्कर लगायो

स्थानीय भन्छन् : घरमै ठोकिन्छ जस्तो गरेर जहाजले चक्कर लगायो

रासस
जेठ १५, २०७९ आइतबार १५:५४, मुस्ताङ

पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आइतवार बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो। 

हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताए।

'हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो', उनले भने, 'हल्का कुहिरो लागेर पानी परिरहेको थियो।'

 उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताएका छन्। 

'घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ', उनले भने, 'केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ। 

सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ। तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उनले बताए। 

'त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन', उनले भने, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .