ad ad

समाज


बलात्कार आरोपमा शिक्षक पक्राउ

बलात्कार आरोपमा शिक्षक पक्राउ

गोकुल जोशी
जेठ ११, २०७९ बुधबार १७:१२, महेन्द्रनगर

दार्चुलामा बलात्कारको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–६ खालिडाँडा लेकका ३३ वर्षीय शिक्षक राम सिंह धामीलाई बुधबार बलात्कार आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नौगाड गाउँपालिका–६ धुलीगाडाकी १७ वर्षीया किशोरीको उजुरीपछि शिक्षक धामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत सिंह थापाले बताए।

किशोरीलाई जबर्जस्ती करणी गरी सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेको पाइएपछि घटना बाहिरिएको हो।

गत फागुन ७ गते शिक्षक धामीले किशोरीलाई जबर्जस्ती करणी गरेर भिडिओ बनाएका थिए। त्यसपछि सो भिडिओ सामाजिक सञ्जालमा राखिएको थियो।

‘भिडिओ सामाजिक सञ्जालमा राखिएको पाएपछि पीडित जबर्जस्ती करणीको जाहेरी लिएर हाम्रो यहाँ पुग्नु भएको हो,’ प्रहरी निरीक्षक थापाले भने, ‘म्यासेन्जर हुँदै भिडिओ बाहिरिएको खुलेको छ, अनुसन्धान गरिरहेका छौँ।’

पीडित किशोरीले शिक्षकका विरुद्ध प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएकी छन्। मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर शिक्षक रहेका धामीलाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .