समाज


गर्मीसँगै तराईमा सर्पदंशका बिरामी बढे

गर्मीसँगै तराईमा सर्पदंशका बिरामी बढे

नेपालखबर
असार ८, २०७६ आइतबार ११:२४,

गर्मी बढेसँगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ।

जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका विरामी पनि ह्वात्तै बढेका छन्। पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन्।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा, बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ। सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डाक्टर सुनिल कुमार द्वीवेदीले बताए।

सर्पले टोकेलगत्तै अस्पताल पुर्याएका केही बिरामी बाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन्। विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad