ad ad

समाज


मुकुल मृत्युको कारण ‘लागुपदार्थको ओभरडोज’, साथीमाथि अनुसन्धान जारी

मुकुल मृत्युको कारण ‘लागुपदार्थको ओभरडोज’, साथीमाथि अनुसन्धान जारी

गोकुल जोशी
जेठ ५, २०७९ बिहिबार २०:५०, कञ्चनपुर

महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’ मा गत वैशाख २१ गते युवक मृत भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय उक्त होटलको कोठा नं. ४०३ मा मृत भेटिएका थिए। 

त्यसयता प्रहरीले होटल सञ्चालक, कर्मचारी र मृतकका साथीहरुसँग सोधपुछ जारी राखेको छ। पाण्डेय मृत्यु प्रकरणलाई गम्भीर रुपमा लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्यामप्रसाद चौधरीले बताए। 

उनका अनुसार पीडित परिवारको पुरक जाहेरी दर्ता भएको छ। मृतक पाण्डेय लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको निष्कर्ष छ। मृतकका साथी आशिष चन्दलगायत केही व्यक्तिलाई नियन्त्रणमै लिएर सोधपुछ गरिएको प्रहरीको भनाई छ।

एसपी चौधरीका अनुसार मृतक पाण्डेय र चन्दले वैशाख २० गते राति सँगै लागुऔषध सेवन गरेका थिए।

‘२० गते मृतक र चन्द लगायतका केही व्यक्तिहरुले सँगै लागुऔषध सेवन गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘चन्द राति मृतकसँगै लागुऔषध सेवन गरी घर गएको पाइयो, उनलाई घरबाटै नियन्त्रणमा लिएका थियौँ।’

उनले राति ७/८ बजेको समयमा मुकुललाई छोडेर गएको प्रहरी समक्ष बयान दिएका छन्। मृतक पुरानो लागुपदार्थ सेवनकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

उनी धनगढीको सुधार केन्द्रमा तीन÷चार महिना बसेर डिस्चार्ज भएका थिए। घटनास्थलमा सीसीसहित ५ वटा तयार अवस्थामा राखिएका सुई पनि भेटिएका थिए। 

लागुपदार्थको ओभेर डोजले मुकुल मृत्यु भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। मृतकको भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको एसपी चौधरीले बताए।

‘भिसेरा रिर्पोट आएपछि घटनाबारे थप जानकारी मिल्छ,’ उनले भने, ‘हामीले यो घटनालाई गम्भीर रुपमा लिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .