ad ad

समाज


बालिकालाई दिल्ली पुर्‍याएर वेश्यावृतीमा लगाउने पक्राउ

बालिकालाई दिल्ली पुर्‍याएर वेश्यावृतीमा लगाउने पक्राउ

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १०:३१,

१२ वर्षीया बालिकालाई कामको प्रलोभन दिएर भारतको दिल्लीमा वेश्यावृती गराउने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वेश्यालयकी सञ्चालकसकेत छन्।

धनुषाको बेंगाडाबर-६ घर भई हाल दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भन्ने जुना कुमारी खड्का र बिरगंज-१० घर भई, हाल धनुषा, बेंगाडाबर-६ बस्ने, सिता लामा भन्ने सिम्रन तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे।

बालिकाको भाउजु नाता पर्ने तामाङले तीन वर्ष अघि कक्षा ९ मा पढ्दै गरेकी बालिकालाई होण्डा कम्पनीमा मासिक २० हजार तलबमा काम लगाइदिने भन्दै वेश्यालय सञ्चालक जोश्नाको हातमा पुर्‍याएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .