ad ad

समाज


मतदान गर्न हिँडेका एमाले कार्यकर्ता मृत भेटिए, हत्या गरिएको आशंका

मतदान गर्न हिँडेका एमाले कार्यकर्ता मृत भेटिए, हत्या गरिएको आशंका

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार ११:५७, काठमाडौँ

ताप्लेजुङमा शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्न हिँडेका एकजना युवक मृत भेटिएका छन्। 

मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ दुम्जामा २५ वर्षीय युवक विमल कार्की बुधबार मृत भेटिएका हुन्। उनी नेकपा एमालेका कार्यकर्तासमेत हुन्।

एक्साभेटर चालक विमल कार्की मतदानका लागि दोभानबाट खोक्लिङतर्फ जाने क्रममा मृत भेटिएका हुन्। उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म केही खुलेको छैन। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले युवक मृतक फेला परेको जानकारी आएपछि टोली घटनास्थलतर्फ लागेको जनाएको छ। इन्सपेक्टर कुशराम कार्कीको टोली अहिले घटनास्थलतर्फ गएको छ।

कार्कीको मृत्युबारे टोली घटनास्थल पुगेपछि मात्रै विस्तृत खुल्ने प्रहरीले जनाएको छ। 

ताप्लेजुङबाट एमालेका संघीय सांसद योगेशकुमार भट्टराईले भने ती युवकको हत्या भएको दाबी गरेका छन्। निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्तासमेत रहेका विमलको अपहरण गरी शारीरिक र मानसिक यातना हत्या गरेको दाबी उनले गरेका छन्। 

'निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पद छ। यसको कारण राजनीतिक पनि रहेको आशंका छ', उनले भनेका छन्, 'अपराधी र हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गर्दछु।'

उनले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन बलियो सुरक्षा ब्यवस्था मिलाउन माग गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले प्रहरी टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै घटनाको अन्य विवरण प्राप्त हुने जनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .