काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत एक कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। घुस दिने सेवाग्राहीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
सो कार्यालयमा कार्यरत अमिन सुशिल बुढाथोकीले सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत चार हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया