ad ad

समाज


धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु, एक घाइते

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु, एक घाइते

शैलेन्द्र महतो
चैत १४, २०७८ सोमबार २१:५८, जनकपुरधाम

धनुषामा सवारी दुर्घटनामा चार जना बालकको मृत्यु भएको छ।

सोमबार साँझ धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा एउटै मोटरसाइकलमा सवार चारजना बालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सबैला वडा नं. २ बस्ने वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव रहेको धनुषाका प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए।  

साथै दुर्घटनामा परी सोहि वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा पाँचैजना गम्भीर घाइते भएका थिए। उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउँदा चारजना बालकलाई चिकित्सकले मृत घोषणा गरेका छन्। 

एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .